बुधबार, कार्तिक २७, २०७६
    सार्क

    भाजपाको नयाँ राष्ट्रिय अध्यक्ष डिसेम्बरमा चुनिने

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    नयाँ दिल्ली, १२ भदौ

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ अध्यक्षको चयन आगामी डिसेम्बरमा हुने भएको छ ।

    पार्टीका कार्यबाहक अध्यक्ष जेपी नाड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिनुभएको हो ।  

    आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उहाँले बताउनुभयो । 

    पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।”

    पार्टीको महाधिवेशन डिसेम्बर महिनामा गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।  अहिलेका अध्यक्ष अमित शाह केन्द्रीय गृह मन्त्री भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएको हो । उहाँ सन् २०१४ देखि पार्टीको अध्यक्ष हुनुभएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast