सोमबार, असोज ६, २०७६
    विज्ञान/प्रविधि

    सञ्चारमाध्यमले आवाज विहीनको आवाज बोल्नुपर्छ : मन्त्री थापा

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १२ भदौ

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, दलितलगायत आवाज विहीनको आवाजलाई सञ्चारका माध्यमद्वारा उजार गर्न अपिल गर्नुभएको छ । 

    नेपाल पत्रकार महासङ्घ, महिला समितिद्वारा आज यहाँ आयाेिजत ‘महिला नेतृत्व र सञ्चार’ विषयक अन्तक्र्रिया तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्र विकासमा सञ्चार माध्यमको अहम भूमिका हुने बताउनुभयो । मन्त्री थापाले राज्यले महिलाका निम्ति प्रदान गरेको हकअधिकारलाई सञ्चार माध्यममार्फत उजागर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राज्यलाई यथार्थ विषयमा झक्झक्याउन तथा जनतालाई सही सूचना दिनसमेत पत्रकारलाई आग्रह गर्नुभयो । 

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संविधानले व्यवस्था गरेको अधिकारलाई कार्यान्वयनमा जोड दिन पत्रकारसँग आग्रह गर्नुभयो । उहाँले महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिकाबारे चर्चा गर्नुभयो । पूर्वमन्त्री एवम समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला गतिशिलताका आधारमा सबैभन्दा बढी क्रियाशिल महिला पत्रकार रहेको भन्दै समाजमा रहेको विकृति विसङ्गतिलाई उजागर गर्न आग्रह गर्नुभयो । राष्ट्रियसभाका सांसद धना खतिवडाले महिला नेतृत्वका लागि समाजका हरेक क्षेत्रमा उनीहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य रेणु चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ मिना भेटवाललगायतले महिला अधिकारका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले संविधानले दिएको प्रेस स्वतन्त्रतासम्बन्धी अधिकार विपरीत सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । नेपाल पत्रकार महासङ्घ, महिला समिति संयोजक लक्ष्मी पुन, केन्द्रीय सदस्यद्वय सृजना अर्याल र जानुका बरालले महिला पत्रकारको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast