बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    गृहले गर्‍यो सीडिओको सरुवा, को कहाँ ?

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १२ भदौ ।

    गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

    गृह मन्त्रालयले १९ जिल्लाका जिल्ला प्रशासन प्रमुख-सीडीओको सरुवा गरेको हो ।

    सहसचिव सीडियो हुने जिल्लामध्ये झापामा उदयबहादुर राना, मोरङमा मदन भुजेल , सुनसरीमा राजेश पौडेल, बारामा फणिन्द्रमणी पोखरेल, काठमाडौंमा जनकराज दाहाल, ललितपुरमा भागिरथ पान्डेय, मकवानपुरमा प्रेमराज जोश, रुपन्देहीमा महादेव पन्थ,बाँकेमा कुमारबहादुर खड्का, सुर्खेतमा बसन्त अधिकारी, कास्कीमा रमेश केसी, सप्तरीमा सुनिल खनाल र  महोत्तरीमा सुर्यबहादुर खत्री पुगेका छन् । यी सहसचिव सीडिओबाट सीसिओकै रुपमा सरुवा भएका हुन् ।

    धादिङमा आसमान तामाङ, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल र बझाङमा उमेश पान्डे सिडिओका रुपमा पुगेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast