बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    साफ यू–१५ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १२ भदौ 

    नेपाल पाँचौं साफ यू–१५ च्याम्प्यिनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    कल्याणी रंगशालामा बिहिबार भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ५–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा प्रदीप लम्सालले दुई तथा अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले १-१  गोल गरे । 

    नेपाललाई फाइनल प्रवेशका लागि केहीबेरमा हुने भारत र बंगलादेशबीचको खेल कुर्नुपर्ने भएको छ। भारतले बंगलादेशलाई पराजित गरेमा फाइनलमा भारत र नेपाल भिड्नेछन्। 

    यदि बंगलादेशले भारतलाई पराजित गर्दै गोलअन्तरमा नेपाललाई पनि पराजित गर्न सकेको खण्डमा फाइनलमा भारत र बंगलादेश भिड्नेछन्। पहिलो खेलमा नेपाल भारतसँग ५-० ले पराजित भएको थियो । 

    पूनरागमन गर्दै नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-० र तेस्रो खेलमा बंगलादेशलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast