सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    नाडा अटो सोमा म्याक लुब्रिकेन्टका ३ नयाँ उत्पादन सार्वजनिक

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १२ भदौ

    काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना तीन  नयाँ उत्पादन सार्वजनिक गरेको छ । म्याक लुब्रिकेन्टले आफ्ना  दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको हो  । 

    नाडाले आयोजना गरेको अटो सो यहि भाद्र  १० गते देखि  १५ गते सम्म, बिहान १० बजे देखि काठमाण्डौको भृकुटीमण्डपमा ६ दिन सम्म चल्नेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी 'म्याक अल्फा जेनिथ छध' र अर्काे 'म्याक रुवि ग्रीज' पनी लन्च गरेको हो ।

    यी नयाँ उत्पादनले अन्य उत्पादनको  तुल्नामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु  बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।  म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पेरेटको उत्पादन मध्येको एक उत्पादन हो ।  यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको  म्याक लुब्रिकेन्टले जनाएको छ । 

    नाडाले आयोजना गरेको अटो सोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडा र  भारत पेट्रोलीयम  क्रपोरेसनका कार्यकारि निर्देशक भि .आन्नद र सिप्रदी ट्रेडिङ्गका सि.इ.ओ राजन बाबु श्रेष्ठले गर्नुभयो  ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast