सोमबार, कार्तिक ४, २०७६
    खेल संसार

    सागका लागि क्रिकेट प्रशिक्षण आइतबारबाट सुरु, ३५ खेलाडीलाई बोलाइयो [नामसहित]

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, १२ भदौ । 

    १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि आगामी मंसिरमा आयोजना हुन लागेको पुरुष क्रिकेटको तयारी आइतबारबाट सुरु हुने भएको छ । 

    सागमा समावेश २७ खेलमध्ये अन्यको तयारी साउन पहिलो साताबाट सुरु भए पनि क्रिकेटको तयारी ढिलोगरी आइतबारबाट सुरु हुने भएको हो । 

    बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाइएको छ । जसमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदिप ऐरी, सुनिल धमाला, सौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम शोब, इशान पाण्डे, करण केसी, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ छन् । 

    किशोर महतो, आरिफ शेख, सुसन भारी, अनिल कुमार शाह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव, रोहित कुमार पौडेल, भीम सार्की, कुशल  भुर्तेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब अलाम पनि छनोटमा परेका छन् । 

    कप्तान खड्का र मुख्य प्रशिक्षक उमेश पटवालले युवा खेलाडी समेट्दै प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast