सोमबार, भाद्र ३०, २०७६
    सार्क

    जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    श्रीनगर भारत, ११ भदौ

    भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । 

    राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गर्नुभएको हो । उहाँले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पार्नुभयो । 

    “हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उहाँले भन्नुभयो । 

    उहाँले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।  

    पत्रकार सम्मेलनमा मलिकले भन्नुभयो,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast