बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ११ भदौ

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित  नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ । 

    सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले उहाँको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिनुभएको उल्लेख गर्नुभएको छ । प्रा डा शाह आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ । 

    केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि मिर्गाैलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते  पुनः सिङ्गापुर जानुभएको हो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत हुनुहुन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast