सोमबार, असोज ६, २०७६
    खेल संसार

    खुल्ला फुल कन्ट्याक्ट कराँते पोखरामा

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ११ भदौ

    नेपाल क्योकुसिन कान कराँते एशोसियशनको आयोजनामा पहिलो संस्करणको अल नेपाल खुल्ला फुल कन्ट्याक्ट कराँते यसै सातादेखि पोखरामा शुरु हुने भएको छ ।

    दुई दिने उक्त प्रतियोगिता यही भदौ १३ र १४ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव राजेन्द्र सुवेदीले जानकारी दिनुभयो । पोखरा रङ्गशालाको कबर्डहलमा हुने प्रतियोगितामा १७ वटा फुल कन्ट्याक्ट कराँते सङ्घ, तीन विभागीय टिम आर्मी, पुलिस र एपिएफसहित २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 

    प्रतियोगितामा पुरुष र महिला गरी १४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक तौल समूहमा एक टोलीबाट एक मात्र खेलाडीले खेल्न पाउने छन् । प्रतियोगितामा कूल २७६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast