सोमबार, असोज ६, २०७६
    विज्ञान/प्रविधि

    विद्युत प्राधिकरण अब नयाँ प्रविधिमा : कार्यालयबाटै घरको मिटर रिडिङ !

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ११ भदौ

    नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर राख्न सुरु गरेको छ । ग्राहकको घर घर गएर विद्युत मिटर हेर्ने कामलाई हटाउने तयारी स्वरुप परिक्षणका रुपमा ८ हजार ४ सय स्मार्ट मिटर जडान गर्ने योजना अनुरुप प्राधिकरणले ठूला ग्राहकहरु अर्थात् औद्योगिक प्रतिष्ठानमा ८ हजार स्मार्ट मिटर जडान गरी सकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    ३ फेजको विद्युत लाइन भएका ७० हजार ग्राहकको पुरानो मिटर परिवर्तन गरी नयाँ स्मार्ट मिटर जडान गर्ने प्राधिकरणले योजना बनाएर काम थालेको हो । प्राधिकरणले काठमाडौं, हेटौँडा, जनकपुर, बुटवल, पोखरा, बिराटनगर लगायतका औधोगिक क्षेत्रमा पूरानो प्रणालीको मिटरलाई विस्थावित गरी स्मार्ट मिटर जडान गरिएको हो ।

    अत्याधुनिक सञ्चार प्रणालीमाफर्त कार्यालयबाटै ग्राहकको घरको विद्युत प्रयोगको अनुगमन, नियन्त्रण र व्यवस्थापन गर्ने काम थालिएको छ । यसबारे अध्ययनका लागि केही प्राविधिक कर्मचारी चीन गएका छन् । 

    सिंगल फेज मिटरतर्फ इलेक्ट्रोनिक मिटरहरु खरिद गरी हालसम्म जडान भएका सामान्य इनर्जी मिटरहरुलाई विस्थापित गर्ने कार्य अघि बढाइएको हो । रत्नपार्क महाराजगञ्ज वितरण केन्द्र अन्र्तगत रहेका करिब ९० हजार ग्राहकलाई लक्षित गरी वितरण प्रणाली भूमिगत गर्ने र स्मार्ट मिटर जडान गर्ने काम ठेक्काप्रणाली मार्फत अघि बढाइएको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए । यसका लागि साढे २ बर्षका लागि ठेक्का दिइएको हो ।

    स्मार्ट मिटर कस्तो हुन्छ ?

    नयाँ प्रविधिमा आधारित यस्तो विद्युत मिटरमा उठेको विद्युत युनिट प्राधिकरणले कार्यालयमै बसेर हेर्न सक्छ भने ग्राहकको घर घरमा गएर मिटर हेर्नुनपर्ने हुन्छ ।

    यसमा मोबाइल एपमार्फत नै घरमा कति विद्युत खपत भइरहेको छ कति युनिट उठेको छ हेर्न सकिने व्यवस्था हुन्छ । उपभोत्ताले विद्युत खपतको मोबाइल फोनबाट नै निगरानी राख्न सक्ने व्यवस्था हुन्छ भने मासिक कति विद्युत खपत गर्ने भन्ने योजना बनाएर विद्युत प्रयोग गर्न सक्छन् । 

    उठेको युनिटका साथै त्यसको महशुल रकम पनि मिटरमा हेर्न सकिन्छ । विद्युत प्राधिकरणलाई विद्युत चुहावट नियन्त्रण गर्नका लागि पनि यस्तो प्रकारको मिटर उपयोगी हुन्छ । साथै स्मार्ट मिटर आएपछि मिटर रिडर कटौती हुनुका साथै त्यसमा लाग्ने खर्च समेत बचत हुनेछ । 
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast