सोमबार, असोज ६, २०७६
    विज्ञान/प्रविधि

    नयाँ मेसेजिङ एप ल्याउँदै फेसबुक

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ११ भदौ 

    प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्ने गरि फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । 

    इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने द भर्जमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

    थ्रेड एपलाई यस्तो प्रकारले डिजाइन गरिएकेा छ कि जसमा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्ना क्लोज फ्रेण्ड लिस्टमा भएका मानिसहरुसँग आफ्नो लोकेसन, स्पीड तथा ब्याट्री लाइफ शेयर गर्नका लागि इन्भाइट गर्न सक्नेछन् ।

    योसँगै इन्स्टाग्रामको क्रियटिभ टुल्सका माध्यमबाट आफै टेक्स्ट, फोटो तथा भिडियो मेसेज जस्ता सोसल मिडिया पोस्टहरु पनि शेयर गर्न सकिनेछ ।

    यो एपको प्रयोग इन्स्टाग्रामका क्लोज फ्रेण्डका लागि गर्नका लागि डिजाइन गरिएको भएपनि अहिले यसको परीक्षण फेसबुकको प्लाटर्फममा भैरहेको छ । इन्स्टाग्रामका लागि यो एप कहिले लञ्च हुने भन्ने आधिकारिक जानकारी फेसबुक दिएको छैन ।

    स्मरण रहोस् गत जनवरी महिनामा फेसबुकले एक घोषणा गर्दै ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम जस्ता सर्भिसहरुलाई मर्ज गर्ने योजना बनाइरहेको जनाएको थियो । यदि यसो भएमा प्रयोगकर्ताहरुले एक एपबाट अर्को एपमा स्विच नभईकनै एक अर्काका प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast