मंगलवार, कार्तिक २६, २०७६
    लाइफस्टाइल

    मनसुनी गतिविधि कमजोर हुँदा देशैभरको तापक्रम उच्च, अझै बढ्ने सम्भावना

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ११ भदौ 

    पानी कम परेको र बादल पनि कम लागेकाले देशभरी नै गर्मी बढेको मौसमविद्को भनाइ छ । 

    तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर पहाडी भेगका थोरै ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुनी न्यूनचापीय रेखा (मनसुनको समयमा वर्षा हुने प्रणाली) नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको हो । 

    तर स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै ठाउँमा भने चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार थोरै ठाउँमा हल्का पानी परे पनि अझै केही दिन गर्मी घट्ने सम्भावना भने छैन ।

    गएको वर्ष भदौ १० गते काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २६ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा मंगलबार काठमाण्डौ उपत्यकाको तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । 

    यस्तै, गएको वर्ष ३२ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको धनगढीमा मंगलबार तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार देशैभर आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast