सोमबार, असोज ६, २०७६
    अावास-निर्माण

    पर्यटनमन्त्री भट्टराईद्वारा चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा घुमाउन आग्रह

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    पोखरा, ११ भदौ ।

    पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले विमानस्थलको पछिल्लो भौतिक प्रगतिबारे जानकारी लिएका छन् ।

    पोखरा क्षेत्रीय विमानस्थल निर्माणको लागि पूर्वमन्त्री रवीन्द्रले ठूलै कसरत र लविङ गरेका थिए । कतिसम्म भने एयरपोर्ट चाहियो भन्दै पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा छेडिएको आन्दोलनको क्रममा उनी रिले अनसनमा पनि सामेल भएका थिए ।

    विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले हालसम्म ४५ प्रतिशत भौतिक संरचना लगायतको काम सम्पन्न भएको जानकारी दिए । जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताएका छन् ।

    केही क्षेत्रमा कडा चट्टान फेला परेकोले ब्रेकर र बिस्फोटक पदार्थ प्रयोग गरी काम गरिएको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए । ‘रन वे’ निर्माणको काम वैशाख पहिलो सातामा मै सम्पन्न भएको थियो ।

    झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम यहिस्तरमा भइरहे सम्झौता समयको ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना पक्षले मन्त्री समक्ष जानकारी दिएको छ ।

    विमानस्थलमा बन्ने १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन बन्न लागेको हो । अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि ८ हजार र डोमेस्टिक उडान प्रयोजनको लागि ६ हजार स्क्वायर गरी वार्षिक ५ लाख यात्रु क्षमतासहित टर्मिनल भवन निर्माण हुने छ ।

    विमानस्थल सन् २०२१ को जुन १० तारिखमा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

    यो सुनेपछि मन्त्री भट्टराईले समयअघि काम सके निर्माण कम्पनीको सम्मानमा पोखरामा रथयात्रा नै गराउने उद्घोष गरे । गण्डकी प्रदेशकै पर्यटनको विकासमा उक्त विमानस्थल महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसँगै यस क्षेत्रको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय गौरवको आयोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ।

    गण्डकी प्रदेशलाई बाहिरी विश्वसँग जोड्ने र यो क्षेत्रको पर्यटन प्रवद्र्धनको आधार मानिएको विमानस्थल निर्माण जोडतोडले भइरहेको छ । निर्माण सुरु भएको १९ महिनामै यसको धावनमार्ग बनिसकेको छ। विमानस्थल सन् २०११ को जुलाई १० मा सक्ने लक्ष्य राखिएको छ। अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ । 

    आयोजना प्रमु्ख विनेश मुनकर्मीले तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै यसको निर्माण सकिने अनुमान लगाएका छन् ।

    सरकारले विमानस्थल निर्माणका लागि सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast