मंगलवार, भाद्र ३१, २०७६
    लाइफस्टाइल

    आलु वजन बढाउन मात्र होइन, घटाउन पनि उत्तिकै उपयोगी

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १० भदौ

    मोटोपन घटाउन लागेका मानिस प्रायः आलुदेखि टाढै बस्छन् । आलुले छिटै वजन बढाउने भएकाले वजन घटाउन लागेकालाई आलु नखाने सल्लाह दिइन्छ । तर, मिलाएर खाए आलु वजन बढाउन मात्र होइन, घटाउन पनि उत्तिकै उपयोगी हुन्छ ।

    यो कुनै वैज्ञानिक प्रयोग होइन, ‘पोटेटो डाइट’ प्रयोग गरेर वजन घटाएकाहरुको दाबी हो ।

    सन् २०१६ मा यस सन्दर्भमा ‘पोटेटो ह्याक : वेट लस सिम्प्लिफाइड’ पुस्तक नै प्रकाशित भएको थियो । यो पुस्तकले मार्गनिर्देशन गरेअनुसार आलुको प्रयोगबाट वजन घटाउन सफल भएको बताउने थुप्रै छन् । पुस्तकका अनुसार आलु खाएर वजन घटाउने ‘पोटेटो डाइट’का केही नियमहरु छन् : 

    ३ देखि ५ दिनसम्म (कसैका लागि यो समय २ सातासम्म पनि हुन सक्छ) सादा आलु मात्रै खानुपर्छ । आलुबाहेक अन्य खानेकुरा खान पाइन्न । आलुलाई उसिनेर, कोरेसाले कोरेर या काँचै खान पनि सकिन्छ । 
    दिनमा ९०० ग्रामदेखि २ किलो ३०० ग्रामसम्म आलु खान सकिन्छ । एकैपटक धेरै आलु नखाई पटक–पटक गरेर खानुपर्छ । 

    सादा आलु खानुपर्छ । आलुमा केचअप, बटर, क्रिम, चिजजस्ता पदार्थ राख्न हुँदैन । 

    रक्तचाप कम हुने अवस्थामा बाहेक आलुसँग नुन नखानुहोस् । 

    तिर्खा लाग्दा सादा पानी पिउनुपर्छ । चिया, कफी, कोल्ड ड्रिंक्स आदि पिउनु हुँदैन । 

    आलुको डाइट लिइरहेका बेला हेभी एक्सर्साइज गर्नुहुँदैन । लाइट एक्सर्साइज या वर्कआउट गर्नुपर्छ ।
     
    कुनै डाइट सप्लिमेन्ट लिनुहुँदैन । नियमित सेवन गर्दै आएको औषधी भने लिनुपर्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast