सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    ताप्लेजुङमा माछापुच्छ्रे बैंकको शाखा, मुलुकभर १ सय २२ शाखा कार्यालय

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    ताप्लेजुङ, १० भदौ

    माछापुच्छ्रे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १ सय २२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

    उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिनुभयो । माछापुच्छ्रे« बैंकले १५७ ठाउँमा एटीएम सेवा सञ्चालन गरेको छ भने १२३ ठाउँमा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका सर्वसाधरणलाई लक्ष्य गरी शाखा विस्तार गरिएको माछापुच्छ्र«े बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताउनुभयो । 

    “भदौ १७ गतेसम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो । बैंकले हरितालिका तीजको अवसरमा उक्त योजना ल्याएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast