सोमबार, मंसिर २, २०७६
    खेल संसार

    नेपाली यू–१९ क्रिकेट टिम श्रीलंकाको एसएससीसँग पराजित

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौं, १० भदौ

    नेपाली यू–१९ क्रिकेट टिम अभ्यास खेलमा श्रीलंकाको एसएससी यू–२३ क्रिकेट टिम सँग तीन विकेटले पराजित भएको छ ।

    श्रीलंकामा मंगलबार भएको खेलमा नेपाली युवा टिम अन्तिम ओभरमा पराजित हुन पुगेको हो । २४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एसएससीले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा २४० रन बनाएपछि एसएससी यू–२३ क्रिकेट टिमले २४१ रनको चुनौती पाएको थियो ।

    नेपालका लागि आशिफ शेखले ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ठूलो स्कोर बनाएको हो । त्यस्तै, सन्दीप जोराले ३३, रित गौतमले ३१ र पवन सर्राफले ३० रनको योदान दिए ।

    श्रीलंकामा यहि भदौ १९ गतेदेखि एसीसी यू–१९ एसिया कप सुरु हुदैछ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast