शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    आगामी पुस ५ गते काठमाडौँमा म्याराथन हुँदै

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १० भदौ 

    आगामी पुस ५ गते ‘प्रो स्पोर्टस् प्रालि’को आयोजनामा १३आँै संस्करणको काठमाडौँ म्याराथन हुने भएको छ ।
     
    उक्त म्याराथनमा सात स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

    पुरुष र महिलातर्फ फुल म्याराथन, हाफ म्याराथन, पाँच किलोमिटर खुला दौड, कर्पोरेट दौड, पाँच किलोमिटर छात्रा÷छात्र दौड तथा तीन किलोमिरट ह्वीलचेयर दौड हुनेछ । 

    यस पटक फेमिली दौडसमेत राखिएको श्रेष्ठले बताउनुभयो । उक्त म्याराथनका लागि काठमाडौँ र भक्तपुर नगरपालिकासँग छलफल भइरहेको आयोजक संस्थाले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast