सोमबार, असोज ६, २०७६
    ब्राण्ड/संगठन

    नाडा अटो शोमा निसानकाे गाडी बुकिङ गर्नुस्, एमआइ ८ लाइट मोबाइल जित्नुस्

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडाैं, १० भदाै ।

    मंगलबारदेखि काठमाडौंमा शुरु भएको नाडा अटो शोमा निसान गाडीले 'फेस्टिभ ड्राइभ' उपहार योजना ल्याएको छ। निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकले गाडी बुकिङ गरेवापत ३१,९९९ बराबरको एमआइ ८ लाइट मोबाइल निःशुल्क पाउने छन्।

    गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ ।

    ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ ।

    नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने कम्पनीले जानकारी दिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast