शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    साफ यू-१५ फुटबल : बंगलादेशलाई हराउँदै नेपाल फाइनल नजिक

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौं, १० भदौ । 

    भारतको पश्चिम बंगालमा जारी साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि शानदार जित हात पारेको छ। 

    कल्याणी रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । नेपाललाई फाइनमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब थियो ।

    प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले अब भुटबनसँग एक खेल खेल्न बाँकी छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।

    यसअघिको खेलमा श्रीलंकामाथि जित निकालेको नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहँदा घरेलु टोली भारत ६ अंकसहित शीर्ष स्थान तथा बगलादेश तेस्रो स्थानमा छ ।

    किसन अधिकारी यादवले ४७औं मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast