सोमबार, असोज ६, २०७६
    यातायात

    आन्तरिक उडानका लागि समयभन्दा १ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १० भदौ

    विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएको कारण उडान समयभन्दा १ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको छ । विमानस्थलमा नियम परिवर्तन भएको भन्दै एयरलाइन्सले यात्रुका लागि सूचना जारी गरेका छन् ।

    अन्तर्राष्ट्रिय उडानजस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई १ घण्टा अघि विमानस्थल पुग्न यति एयरलाइन्सले आग्रह गरेको छ । आन्तरिक उडानका लागि सामान्यतया ३० मिनेटअघि यात्रुहरू पुगे पनि हुन्थ्यो। 

    पछिल्लो समय काठमाडौं विमानस्थलमा नियम परिवर्तन भएपछि आन्तरिक टर्मिनलमा यात्रुहरूको लामो लाइन लाग्ने गरेको छ। यसअघि २ ठाउँमा सुरक्षा जाँच गरिने भए पनि टिकेट हेरेरमात्र पठाउने गरिएको थियो।अबदेखि एक्सरे मेसिन राखेर विस्तृत जाँच गर्ने भएकाले समय धेरै लाग्ने एयरलाइन्सहरूले जानकारी दिएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast