शुक्रबार, कार्तिक २९, २०७६
    स्वाद/परिकार

    यसरि घरमै बनाउन सकिन्छ स्वादिष्ट पुष्टकारी

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १० भदौ

    नेपाली मिठाईको रुपमा परिचित पुष्टकारी बच्चा देखि वृद्धसम्मको लागि प्रिय हुनुका साथै पोषणयुक्त पनि मानिन्छ । 

    यदि बाहिर किन्न पाइने पुष्टकारी नकिनेर, घरमै ताजा र स्वस्थ पुष्टकारी बनाउन चाहनुहुन्छ भने यो बनाउने विधि एकदमै सजिलो छ ।

     

    आवश्यक सामग्री :

    गुड / सक्खर , दुध, बटर, कुराउनी  

    आलमोंड, काजु, छोरा, बदाम

     

    बनाउने विधि :

    दुधमा गुड / सक्खर राखेर पकाउने ।

    केही छिन चलाउँदै पकाएपछि त्यसमा आलमोंड, काजु,  बदाम, बटर राख्ने।

    केही छिन त्यसलाई चलाएर पकाएपछि एउटा भाँडोमा घ्यु लगाएर खन्याउने । अब आफ्नो हातमा घ्यु लगाउने र त्यो मिक्सबाट एउटा एउटा डल्ला बनाउने ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast