सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    इदमा 'किक २' लिएर आउँदै सलमान

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौं, १० भदाै । 

    बलिउड अभिनेता सलमान खानको चलचित्र किककाे सिक्वेल बन्ने भएको छ । सलमान खानको किकलाई दर्शकहरुले निकै रुचाएका थिए ।अब यो फिल्मको दोस्रो सिक्वेल बन्ने भएको हाे ।

    अभिनेता खानले यस फिल्मको रिलिज मिति समेत दर्शकमाझ सार्वजनिक गरिसकेका छन् ।सलमानले केही दिन अगाडि मात्रै निर्देशक संजय लीला भंसालीसँगको फिल्म इन्साअल्लाहको रिलिज डेट पछाडि सारिएको जानकारी गराएका थिए । जसका कारण उनका फ्यानहरु दुःखी बनेका थिए । तर, भर्खरै सलमान ट्वीट गर्दै सबै फ्यानहरुमाझ नयाँ उत्साह ल्याएका छन् ।

    सलमानको ट्वीट अनुसार यो वर्षको इदको अवसरमा किक दर्शकमाझ रिलिज गरिदैछ । सलमानले ट्वीट गर्दै लेखेका छन्य ति धेरै मेरो बारेमा नसोच्नुस्, दिलमा आउँनेछु र, इदमा पनि ।सलमानको यस ट्वीटले यो वर्षको इदको अवसरमा किक२ दर्शकमाझ रिलिज गरिने आँकलन गर्न सकिन्छ ।

    अहिलेको समयमा सलमान निकै व्यस्त छन् । उनी आफ्नो आगामी फिल्म दबंगको सुटिङमा निकै व्यस्त छन् । यो फिल्ममा सोनाक्षी सिन्हा पनि मुख्य भूमिकामा देखिदैछन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast