मंगलवार, कार्तिक २६, २०७६
    मुभी-थिएटर

    चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १० भदौ

    चलचित्र ‘चपली हाइट ३’को घोषणा छिटै नै हुँदैछ । 

    अर्जुन कुमारको निर्माणमा तयार हुन लागेको यस चलचित्रका लागि कलाकारको फाइनल गरिसकिएको छ । तर, निर्माणपक्षले भने कलाकारको बारेमा केही पनि बताएको छैन ।

    यसैविच, प्राप्त खबर अनुसार यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का फाइनल भएकी छिन् । केही दिन अगाडि मात्र नायिका खड्काले एउटा सिक्वेल चलचित्रको कथा पढिरहेको र आफूलाई मन परेको बताएकी थिइन् । तर, उनले चलचित्रको घोषणा चाडै नै हुने भन्दै नाम भने बताउन चाहेकी थिइनन् । 

    सस्पेन्स थ्रिलर कथामा निर्माण गर्न लागिएको चलचित्र ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गर्दैछन् । अर्जुन र निकेशले चलचित्र ‘फाटेको जुत्ता’मा सहकार्य गरेका थिए । चलचित्रमा प्रतिक श्रेष्ठ, आमिर गौतम फाइनल भैसकेका छन् ।  

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast