सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    ७० वर्ष माथिका नागरिकले आन्तरिक उडानमा ५० प्रतिशत छुट पाउने

    सोमबार, ९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ९ भदाै ।

    ७० वर्षमाथिका वृद्ध-वृद्धाले आन्तरिक हवाइ उडानमा ५० प्रतिशतसम्मकाे छुट पाउने भएका छन् । सरकारले ७० वर्ष उमेर कटेका नागरिकलाई आन्तरिक हवाइ उडानमा ५० प्रतिशत छुट दिने घाेषणा गरेकाे हाे ।

    पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । सरोकारवालासँग छलफल गरेर छिट्टै टुंगोमा पुग्ने पनि उनले बताए ।


    यसैगरी विमानस्थलको सुरक्षामा ध्यान दिँदै भीआईपीका स्वागत र बिदाइमा लाग्ने भीड रोक्ने प्रतिवद्धता पनि उनले जनाए ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast