सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    कान्तिपुर दैनिकका प्रधानसम्पादक फेरिए, नारायण वाग्लेको ठाउँमा फेरि सुधीर शर्मा

    सोमबार, ९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ९ भदाै ।

    सोमबारद‍ेखि कान्तिपुर दैनिकका प्रधानसम्पादक फेरिएका छन् । सोमबारद‍ेखि लागू हुने गरी सुधीर शर्माले साे जिम्मेवारी पाएका हुन्।

    यसअघि गत वर्ष सुधीर शर्मालाई नै विस्थापित गरेर नारायण वाग्ले कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारीमा आएका थिए। १४ वर्षअघि वाग्लेलाई नै विस्थापित गरेर शर्माले प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए।

    गत वर्ष कान्तिपुर मिडिया ग्रुपमा बिजनेस डाइरेक्टरका रुपमा टाइम्स अफ इन्डियामा प्रमुख भूमिकामा जिम्मेवारी निर्वाह गरिसकेका रजनीश ऋखि आएपछि कान्तिपुरबाट शर्मा र काठमान्डु पोस्टबाट अखिलेश उपाध्यायले प्रधान सम्पादकबाट राजीनामा दिएका थिए। ‘कर्पोरेट’ र ‘बिजनेश’ नेतृत्वमा भारतीय नागरिक ऋखि आएपछि शर्मा र उपाध्यायले कान्तिपुर मिडिया ग्रुपले राष्ट्रिय हितमा सम्झौता गरेको भन्दै राजीनामा दिएका थिए।

    ऋखि पनि कान्तिपुरबाट बाहिरिएका छन्। उपाध्यायले काठमान्डु पोस्ट छाडेपछि उनको ठाउँमा प्रधान सम्पादक बनेर अनुप काफ्ले आएका थिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast