मंगलवार, भाद्र ३१, २०७६
    ओएमजी Omg!

    सबैभन्दा लामो अंग्रेजी शब्द, जसलाई उच्चारण गर्न नै साढे ३ घण्टा लाग्छ

    सोमबार, ९ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ९ भदौ 

    कुनै समय मानिसहरुलाई चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजी शव्द उच्चारण गर्न समेत असजिलो हुनथ्यो ।

    तर  कुनै एउटा अंग्रेजी शव्द उच्चारण गर्नका लागि साढे ३ घण्टा लाग्यो भने के होला ? हो, यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द छ जसलाई पढेर सिध्याउन साढे ३ घण्टा लागछ।

    एउटा मात्र शब्द पढ्नका लागि साढे ३ घण्टा लाग्ने कुरा पत्यार नलाग्न सक्दछ । तर नपत्याएर के गर्नु ? १ लाख ८९ हजार ८ सय १९ वटा अक्षरले बनेको उक्त अंग्रेजी शब्दकाे सही उच्चारण गर्न जो कोहीलाई दाँतबाट पसिना छुट्दछ ।

    यो शब्द मानिसको शरीरमा पाइने टिटिन नामको एक प्रोटिनको रासायनिक नाम हो । वैज्ञानिकहरुका अनुसार मानिसको शरीरमा २० लाख भन्दा धेरै प्रोटिन हुन्छन्, जो एमिनो एसिडबाट बन्दछन् । ती सबैमा टिटिन नै सबैभन्दा लामो प्रोटिन हो जसमा २६ हजार भन्दा धेरै एमिनो एसिड हुन्छन् ।

    सुरुमा टिटिनको रासायनिक नामलाई अंग्रेजी शब्दकोषमा राखियो । तर जब यो नामले नै समस्या सिर्जना गर्यो, तब त्यसलाई शब्दकोषबाट हटाइयो र टिटन भन्ने शब्द मात्र राखियो ।

    टिटिन प्रोटिन सनु १९५४ मा रेजी नटोरीले पत्ता लगाएका थिए । सन् १९७७ मा कोस्सक मरुमायालगायतले यसमा थप अनुसन्धान गरे र त्यसको नाम कोन्नेक्टिन राखे । 

    त्यसको दुई वर्षपछि कुआन वांग लगायतले यो प्रोटिनको नाम टिटिन राखे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast