बिहिवार, असोज २, २०७६
    स्वास्थ्य

    मिर्गौला जाेगाउन यी ३ चिज तपाईँले छाड्नैपर्छ !

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ८ भदौ

    व्यस्त जीवनशैली र सही खानपान नहुनुको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोग, मोटोपना र डायबिटिजका साथै मिर्गौलासम्बन्धी समस्या पनि तिव्र रुपमा बढिरहेको छ । 

    मिर्गौला स्वस्थ राख्न आवश्यक मानिन्छ  रेनल डाइट । 

     

    के हो रेनल डाइट ?

    रेनल डाइट यस्तो खाना हो, जसमा सोडियम, फस्फोरस र प्रोटिनको मात्रा केही कम हुन्छ । यस डाइटले रगतमा विकार तत्वको मात्रा कम गर्छ, जसले मिर्गौलाको भार घटाउँछ, र मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ ।

    खानामा यी तीन चिज कटौती गर्दा तपाईंको खाना रेनल डाइट बन्न सक्छ–

     

    नुन

    नुनमा प्रचुर मात्रामा सोडियम पाइन्छ । सोडियम शरीरका लागि आवश्यक तत्व हो, तर यसको बढी मात्रा मिर्गौलाका लागि सबैभन्दा ठूलो खतरा हो ।

    प्रायः नेपालीको भान्सामा नुनको प्रयोग आवश्यकताभन्दा बढी नै हुन्छ । त्यसैले, मिर्गौलाको सुरक्षाका लागि खानामा नुनको मात्रा घटाउनु आवश्यक छ । यसले मिर्गौलासम्बन्धी अधिकांश रोगको जोखिम घटाउँछ । 

    स्वादका लागि नुनको सट्टा भिनेगार, कागती, टिमुरजस्ता विकल्पको प्रयोग गर्न सकिन्छ । 

     

    प्रोसेस्ड र जंक फुड

    प्रशोधित र प्याकेटमा राखिएका खाद्यपदार्थ (प्रोसेस्ड र जंक फुड) मिर्गौलाका लागि हानिकारक हुन्छन् ।

    यी खाद्यपदार्थको सेवन गर्न छोड्नु मिर्गौलासम्बन्धी स्वास्थ्यका लागि महत्वपूर्ण कदम हो । 

     

    प्रचुर मात्रामा पोटासियम हुने खाद्यवस्तु

    शरीरका लागि पोटासियम निकै महत्वपूर्ण तत्व हो । तर, यसको मात्रा आवश्यकताभन्दा माथि हुनु भने राम्रो होइन ।

    जब मिर्गौला सही ढंगले काम गर्दैन, रगतमा पोटासियमको मात्रा बढ्छ । यसबाट मुटुको धड्कनमा असर पर्छ, र हृदयघातको सम्भावना बढ्छ ।

    त्यसैले, प्रचुर मात्रामा पोटासियम पाइने केरा, सुन्तला, जुनार, आलु, ब्रोकाउली, बन्दा, च्याउ, काजु, बदाम, सखरखण्ड, आँपजस्ता खाद्यवस्तु ज्यादा सेवन मिर्गौलाका लागि जोखिम बन्न सक्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast