बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    घोराही, ८ भदौ 

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियाननाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीको राजीनामा माग गरेको छ ।  विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्तरुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो । 

    अभियानका अगुवा विकिरण गौतमको नेतृत्वमा आज अपराह्न उक्त प्रतिष्ठान पुगेको टोलीले रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई राजीनामा माग्नु पर्नाको कारणसहित पत्र बुझाएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवासुविधा नपाएको उपकुलपतिकै कारण प्रतिष्ठान धरासायी बनेको उनीहरुको आरोप थियो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast