बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    शालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    चितवन, ८ भदाै ।

    न्युज २४ का कार्यक्रम प्रस्ताेता  रवि लामिछाने र उनीसँगै पक्राउ परेका पत्रकार युवराज कँडेल र अर्की युवती अस्मिता कार्कीविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ताको तयारी भएको हाे। 

    प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा मुद्दा दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ। 

    आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै उपरीक्षक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको बताए । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । 

    प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजायँ हुन्छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast