बिहिवार, असोज २, २०७६
    सावधान

    प्रहरीले मोबाइल लुट्यो भन्दै प्रहरीलाई नै फोन, उजुरी दिने युवक पक्राउ

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

     काठमाडौँ, ८ भदौ

    प्रहरीले आफ्नो मोबाइल लुटेको भन्दै प्रहरीलाई नै फोन गरेर सूचना दिने २५ वर्षीय आकाश भट्टराई पक्राउ परेका छन् ।

    उनलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित दुर्गा मन्दिर नजिकबाट आफ्नो मोबाइले प्रहरीले मोबाइल लुट्यो भन्दै प्रहरीको कन्ट्रोल रुममा उनले सूचना दिएका थिए । 

    लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले उक्त मोबाइल आकाशले आफ्नै साथीलाई दिएरु प्रहरीले लुट्यो भन्दै झुटो सूचना दिइएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएर अनुसन्धान सुरु गरिएको छ। 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast