शुक्रबार, कार्तिक २९, २०७६
    सार्क

    इक्वेडर अमेजन क्षेत्रमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

    आईतवार, ८ भाद्र २०७६, आहाखबर
    फाईल फोटो

    काठमाडौँ, ८ भदौ 

    इक्वेडरको अमेजन क्षेत्रमा एउटा सानो आकार केसन–१८२  हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।  

    दुर्घटनामा चारजनाको मृत्यु भएको छ । नागरिक उड्डयन अधिकारीहरूले विमानमा पाइलट र तीन यात्री रहेको र सबैको मृत्यु भएको बताए । घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । 

    दुर्घटनाको कारण भने पत्ता लागेको छैन । सैन्यकर्मी तथा खोजकर्ताहरूले शनिवार एक घन्टाको कारवाहीपछि शव बरामद गरेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast