मंगलवार, असोज ७, २०७६
    राज्य-समाज

    घट्यो वैदेशिक रोजगारीमा जाने कामदारको संख्या, साउनमा ३२ हजारमात्रै विदेशिए

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

     काठमाडौँ, ८ भदौ 

    वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमि आएको    छ । साउन महिनामा ३२ हजार ४ सय ८ जना श्रमिकहरुले मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्विकृति लिएर विदेशिएका छन् ।

    केही हदसम्म मलेसिया रोजगारी बन्दका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको र आन्तरिक रोजगारीको अवसर सिर्जनासँगै वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको श्रम मन्त्रालयको दाबी छ ।

    आन्तरिक रोजगारीका अवसरका कारण नभएर मलेसिया रोजगारी बन्दका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै गएको व्यवसायीहरुको दाबी छ ।

    मलेसिया रोजगारी बन्दसँगै फ्री-भिसा र फ्री-टिकट नीति कार्यान्वयन नहुँदा उचित डिमाण्ड ल्याउन नसकेको र रोजगारीका अवसर खुम्चिँदै गएकाले श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाको भनाइ छ ।

    गत असारमा पनि ३९ हजार कामदारमात्रै विदेशिएका थिए । त्योभन्दा अगाडिका महिनाहरुमा प्रतिमहिना ४० हजार देखि ६० हजारसम्म कामदार विदेशिने गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast