बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    सकियो पुनः थपिएको ५ दिनको म्याद, रवि लामिछाने सहित ३ जनालाई अदालतमा पेस गरिदैं

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    चितवन, ८ भदौं । 

    चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । 

    पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद थपिएको थियो ।

    आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । 

    यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast