बिहिवार, असोज २, २०७६
    मुभी-थिएटर

    बलिउड

    बाहुबली-३ आउने सम्भावना कति ? यसो भन्छन् 'प्रभास'

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ७ भदौ

    अभिनेता प्रभासलाई चलचित्र बाहुबलीले विश्वविख्यात बनायो। चलचित्र दुई भागमा बनेको थियो। पहिलो भागको तुलनामा दोस्रो भागले व्यापारिक हिसाबले धेरै कमाई गरेको थियो। 

    एसएस राजमौलीले निर्देशन गरेको यो चलचित्रको दोस्रो पाटो प्रदर्शन पछाडि नै सोध्ने गरिएको थियो, यो चलचित्रको तेस्रो भाग आउँछ की आउँदैन भनेर।

    तर अभिनेता प्रभासले यो कथा यतिमै सक्किन्छ भनेर त्यो समय सबैलाई निराश बनाएका थिए, तर प्रभासले आफ्नो फ्यानलाई फेरी उत्साहित बनाएका छन्। 

    एक अन्तरवार्तामा राजीव मसन्दसँग प्रभासले भने, यदि एसएस राजामौली चाहन्छन् भने तेस्रो भाग पनि बनाउन सक्छन्, उनको यसमा उत्साह हुन जरुरी छ।

    एक अन्तवार्तामा राजीव मसन्दसँग प्रभासले भने, यदि एसएस राजामौली चाहन्छन् भने तेस्रो भाग पनि बनाउन सक्छन्, उनको यसमा उत्साह हुन जरुरी छ।’

    ‘उनले मलाई जम्मा ६ वटा स्क्रिप्ट दिएका थिए, उनीसँग १० देखि १४ स्क्रिप्ट छ। हामीले त्यसमा भएको ६० प्रतिशत काम सकाएका छौँ। मलाई थाहा छ, ५ वर्षसम्म स्क्रिप्ट उनको दिमागमा नै रह्यो। तर मलाई उनले बाहुबली ३ बनाउछन् अथवा बनाउदैनन् भन्ने थाहा छैन।’

    प्रभास चाँडै नै आफ्नो चलचित्र साहोमा देखिदैछन्। सुजीतले निर्देशन गरेको यो चलचित्रको बजेछ ३ सय करोड रहेको छ। चलचित्र २९ अगस्तमा प्रदर्शनमा आउँदैछन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast