बिहिवार, असोज २, २०७६
    सावधान

    एसिड बोकेको अनियन्त्रीत ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    राजस्थान, ७ भदाै ।

    भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु भएकाे छ । राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो । 

    दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ ।  ट्यांकरले भरी एसिड बोकेको थियो । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । 

    दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो । 

    अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast