सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    देशभर मेघ गर्जन-चट्यांगसहित वर्षा हुने, सतर्रक रहन माैसमविदकाे आग्रह

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ७ भदाै । 

    आज देशभर मेघ गर्जनसहित वर्षा हुने भएकाेले सतर्क रहन आग्रह  गरीएकाे छ। मौसम विज्ञान विभागका अनुसार आज देशका केहि स्थनमा चट्यांगसहित वर्षा हुने देखिएकाे छ ।

    देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् ।

    मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ- देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । यी स्थानमा रहनुभएका लगाएत उक्त स्थानहरूमा यात्रा गर्नु हुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

    मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।

    त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदको भनाइ छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast