बिहिवार, असोज २, २०७६
    बिदेश

    भाजपाले गुमायाे दुई ठूला नेता, सुष्मा स्वराजपछि पूर्वअर्थमन्त्री अरुण जेटलीकाे निधन

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    नयाँ दिल्ली, ७ भदौ ।

    भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीकाे निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शनिबार जेटलीको निधन भएको हाे ।

    भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । ६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए ।

    तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए । अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए ।

    पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast