सोमबार, असोज ६, २०७६
    धर्म-संस्कृति

    लोकबाजा-संस्कृतिलाई जोगाउन नौमती बाजा प्रतियोगिता

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    पाल्पा, ७ भदाै ।

    पछिल्लाे समय विस्तारै हराउँदै गएकाे स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन नौमती बाजा प्रतियोगिताको आयोजना भएकाे छ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको हाे ।

    प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ । प्रथम हुने समूहले रु ५० हजारको पुरस्कार प्राप्त गरेको छ । तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

    दोसो हुने समूहले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी तेसो हुने तानसेन नगरपालिका–११ स्थित चण्डीका टोल विकास संस्थाले १० हजार  रुपैयाँ पुरस्कार जित्न सफल भएको छ । सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार वितरण गरे । 

    तानसेन नगरपालिकाका प्रमुख शाहीले प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुगेको बताए । उनले नेपालीको स्वाभिमान र वीरताको गाथासँग जोडिएको ऐतिहासिक भगवती जात्राको पहिलो दिन प्रतियोगिताले थप उत्साह ल्याएको बताए । 

    विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने चलन रहेको छ । टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने बताए ।  

    प्रतियोगितामा पाल्पाका १० नौमती बाजा समूह सहभागी थिए । दलित समुदायको परम्परागत पेशाका रूपमा स्थापित बाजा बजाउने पेशा अहिले मगर समुदायबाट पनि संरक्षण हुँदै आएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast