सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    घटाइयो राजस्व वृद्धिदर बढी देखाउने आधार, यथार्थ वृद्धिदर कति ?

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ७ भदौ।

    राजस्व वृद्धिदर उच्च देखाउन अर्थ मन्त्रालयले २०७४/७५को राजस्वको आधार नै घटाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको देखाइएको छ।

    राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ। आव २०७४/७५ समाप्त भएसँगै ७ खर्ब ३२ अर्ब २३ कारेड रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको थियो।

    अहिले वार्षिक तथ्यांकको तुलना गर्दा २०७४/७५ को राजस्वको वृद्धिदर उच्च देखाउन खोजिएको छ। २०७४/७५ को राजस्व लक्ष्यको प्राविधिक रुपले पुगेको महालेखा नियन्त्रक कार्यालयले देखाएको छ। यो समाचार अन्नपूर्ण दैनिक मा पुष्पराज आचार्यले लेखेका छन्।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast