शुक्रबार, कार्तिक २९, २०७६
    सार्क

    श्रीलङ्कामा लगाइएको संकटकाल हट्यो

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    कोलम्बो, ६ भदौ

    श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य भएको श्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उद्धृत गरी उल्लेख गरेका छन् । 

    गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि हटाइएको उहाँले शुक्रबार बताउनुभएको हो । 
       
    आतङ्कवादीहरूले गरेको आक्रमणमा परी दर्जनौको मृत्यु भएको घटनापछि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । 

    यसअघि अप्रिल २२ देखि हरेक महिनाको २२ तारिखका दिन सङ्कटकालको म्याद थप्दै आउनुभएका राष्ट्रपति सिरिसेनाले यस पटक भने नथप्नु भएको सैन्य अधिकारीहरूले शुक्रबार जनाएका छन् । 

    अप्रिल २१ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी २५० भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । 

    घटनाको अनुसन्धानका लागि प्रहरीले सय जना भन्दा बढीलाई पक्राउ गरेको र अनुसन्धान जारी गरेको जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast