सोमबार, भाद्र ३०, २०७६
    अध्यात्म चर्चा

    श्रीकृष्णले महाभारत युद्धको लागि कुरुक्षेत्र रोज्नुको कारण यस्तो छ

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ६ भदौ 

    कुरुक्षेत्र युद्धको मैदानमा अर्जुन मोहग्रस्त हुन्छन् । उनले आफ्नो सारथी भगवान श्रीकृष्णलाई भन्छन्, 'प्रभु! युद्धमा धेरै मानिसहरु मर्नेछन्', यस्ता अनेक कुराहरू अर्जुनको मनमा आउँछ। महाभारत युद्धको लागि कुरुक्षेत्र मैदानलाई नै किन चुनियो? गीताको पहिलो श्लोकमा यसको उल्लेख आउछ-

    धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः।
    मामका पाण्डवाश्चैव किमकुर्वत सञ्जय।।

    धृतराष्ट्रले सञ्जयलाई सोध्छन्, धर्मभूमि कुरुक्षेत्रमा युद्धको निम्ति एकत्रित मेरा अनि पाण्डवका पुत्रहरु के गरिरहेका छन्? जब कुरुक्षेत्रमा अनिकाल पर्यो, तब राजा कुरुले स्वयं हलो जोतेका थिए । राजा कुरुले हलो जोतेर यति धेरै पुण्य त्यहाँ स्थापित गरेका थिए। उनले कुनै नोकरलाई या कुनै किसानलाई हलो जोत्न लगाउन सक्थे, तर राजा कुरुले स्वयं हलो जोते। इन्द्रदेव प्रसन्न भएर भन्न लागे, 'हे राजा कुरु!  तपाईले यहाँ यो भूमिमा हलो जोत्नुभयो, बीउ रोप्नुभयो, म यस्तो पुण्यवान भूमिलाई वरदान दिन्छु कि जो पनि योद्धा यहाँ मर्ने छ, ऊ सीधै स्वर्ग जानेछ ।'

    भगवान श्रीकृष्णले यसैकारण कुरुक्षेत्रलाई महाभारत युद्धको निम्ति चुन्नुभयो । भगवानले भन्नुभयो, अर्जुन! यिनीहरुलाई आत्माको ज्ञान छैन । केवल वासनाको निम्ति, भौतिकवादको निम्ति यिनीहरू यहाँ युद्धको मैदानमा संघर्ष गरिरहेका छन्, जुन आफैमा असत्य हो।

    भगवान श्रीकृष्णले अर्जुनलाई आत्मज्ञान दिनुभयो अनि अर्जुन भगवानको शरणागत भएर भने, 'नष्टो मोहः स्मृतिलब्धा ।' हे प्रभु! अब मेरो मोह नष्ट भयो, मेरो मनको अन्धकार नष्ट भयो । अब म तपाईलाई संसारको पालन गर्ने, संसारको रचना गर्ने अनि संहार गर्नेको रूपमा देखिरहेको छु। प्रभु तपाई त योगीहरूको पनि योगी हुनुहन्छ ।

    यस्तै एउटा उदाहरण अफ्रीकाको छ । अफ्रीकामा मसाई मारा एउटा ठाउँ छ। त्यहाँ जंगली जनावरहरू छन् । जनावरहरू पनि एक ठाउँबाट अर्को ठाउँ गयो भने तिनीहरूको मस्तिष्कमा बाटोको ज्ञान हुन जान्छ। यदि हात्तीको एक बथान छ भने, तिनीहरूको बच्चाको मस्तिष्कमा पनि बाटो अंकित हुन जान्छ अनि घाँस चर्दै, बाटो खोज्दै जान्छ, यसलाई भन्छ स्थानान्तरण (माईग्रेशन)। माईग्रेशनको मार्गमा नदीहरू पर्छन्, त्यो नदीहरू तरेर जानु पर्छ। प्रकृतिले एक सन्तुलन गरिदिएको छ कि त्यो नदीहरु तरेर जनावरहरू जान्छन्, त्यो नदीहरूमा गोहीहरू हुन सक्छ। 

    प्रकृतिको पूरा सिस्टम यस्तो छ, जुन त्यहाँ लागू हुन्छ, तर अचम्म त यो छ कि जसलाई विज्ञानले पनि जान्न सकेको छैन, त्यो के भने सबै जनावर खडा हुन्छन्, एक इशाराको प्रतीक्षा गर्दछन्, जब इशारा हुन्छ, तब सबै जनावर अगाडि बढ़दछन् । त्यो इशारा उस्तै इशारा हो जसलाई अविनाशी नाम भनेको छ। जसलाई भगवान श्रीकृष्णले राजविद्या भन्नुभएको छ । शरीरमा आत्मा सर्वोच्च छ। आत्मा नभए आँखाले देख्न सक्दैन, कानले सुन्न सक्दैन, हात-खुट्टा चल्न सक्दैन, आत्मा छैन भने शरीर चल्दैन ।

    यहि कारण भजनमा भनेको छ-

    हंसा निकल गया पिंजरे से, खाली पड़ी रही तस्वीर।

    त्यो जुन हंस आत्मा छ, त्यसको जुन ज्ञान छ, त्यहि ज्ञान राजविद्या हो । त्यो ज्ञान सबै विद्याहरुको राजा हो, जसलाई जीवनमा जानेपछि अरु केहि जान्नु बाँकी रहँदैन । त्यो आत्मज्ञान सदगुरुको कृपाले प्राप्त हुन्छ, महापुरुषहरुको शरणमा जानाले प्राप्त हुन्छ । महापुरुष समय-समयमा मनुष्यको रूपमा संसारमा आइरहन्छन । 

    उनीहरूले सज्जनहरूको, साधुजनको रक्षा गर्दछन्।  उनीहरूले आत्मज्ञानको उपदेश दिएर मानवको मनबाट नकारात्मक सोचलाई समाप्त गरिदिन्छन् अनि मानवको जीवनमा साँचो परिवर्तन ल्याउँछन् । आत्मज्ञान नै सार हो । कुनै नयाँ मान्छेसंग भेट भयो भने, उसले तपाईको परिचय सोध्छन् अनि तपाईले आफ्नो परिचय दिनुहुन्छ। हाम्रो वास्तविक परिचय सद्गुरु महाराजले दिनुहुन्छ, यसकारण भनेको छ-

    श्वासों की कर सुमिरनी, अजपा को कर जाप।
    ब्रह्म तत्त्व सार है, हंस ही आप ही आप।।

    हंस आत्मतत्त्व हो, त्यसको ज्ञान प्राप्त गर्नुहोस् । प्रभुको त्यो नाम अजपा छ, त्यसलाई पुजिदैन, यो मर्मका कुरा हाम्रा सन्तहरूले बताएका छन् । जब जीवनमा अभ्यास गर्नेछौं, तब ज्ञानको महत्त्व समझमा आउँदछ, किनभने गुड़ नखाई त्यसको स्वाद थाहा लाग्दैन । ऊखु टेंडो-मेंडो हुन्छ, तर त्यसको रस टेंडो-मेंडो हुँदैन, रस निकालेर खानु भयो भने त्यसको स्वादको अनभव हन्छ। उस्तै भगवान कण-कणमा छ, यदि ऋषि मुनिहरूले आफ्नो जीवनमा भगवानको अनुभव नगरेको भए उनीहरूले प्रभुलाई जान, यो अनुभवको विषय हो भन्ने थिएनन् ।

    धर्म ‘धृ' धातुबाट बनेको छ, यसको अर्थ हो धारण गर्नु । भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन! तप गर्नाले, दान गर्नाले, व्रत-उपवास गर्नाले, तीर्थ गर्नाले मेरा प्राप्ति हुँदैन, यी सबैबाट तिम्रो मनोकामना पूर्ण हुनसक्छ, तर मेरो प्राप्ति ज्ञान प्राप्त गरेर भजन-साधना गर्नाले मात्र हुन्छ। अनन्य भक्ति द्वारा हुन्छ । अनन्यको अर्थ हो केवल एक प्रभुको स्थिर भक्ति ।

    बिजली बत्तीहरू बलिरहेका छन, उज्यालो पारिरहेको छ । उज्यालो जताततै चारैतिर छरिरहेको छ। यदि  यो सबै अनन्य जस्तो एकाग्र भयो भने, त्यो सबैको एकाग्र बीम लेजर बीम बन्ने छ। लेजर बीमलाई यहाँबाट क्रियाशील पार्नुहोस्, त्यसमा कुनै डेविएशन हुँदैन यानी छरपस्ट हुँदैन । लेजर बीमलाई यहाँबाट चलाउनुभयो भने, त्यो लेजर (प्रकाश) चन्द्रमासम्म पुग्ने छ।

    आज मानिसहरू ग्रहहरूको दूरी नापिरहेका छन्, त्यो लेजर बीम द्वारा नै नापिरहेका छन्, किनभने लेजर बीम यता-उता छरिंदैन, एकदमै सीधा जान्छ। आजकल गाडीमा हेलोजन लाईट लगाएका छन, त्यो छरपस्टिदैन, सड़कमा सीधा टाढासम्म फोकस गर्दछ । सिनेमा हलमा चलचित्र देखाउँदा प्रोजेक्टरबाट प्रकाश सीधा पर्दामा जान्छ अनि तपाईले चलचित्र देख्न थाल्न हुन्छ ।

    उस्तै भगवान श्रीकृष्णले पनि यहि भन्नुभएको छ कि जुन अनन्य भक्ति गरेर जसले मलाई तत्त्वद्वारा जान्दछ, उसले मेरै मात्र भजन-सुमिरण गर्दछ ।

    भक्त पनि चार प्रकारका हुन्छन- आतं, अर्थाथी, जिज्ञासु र ज्ञानी । जसले डरले मेरो भक्ति गर्छ । त्यो आर्त भक्त हुन्छ, जसले धन-सम्पत्ति पाउनलाई मेरो पूजा गर्छ, त्यो अर्थाथी भक्त हो। तेस्रो भक्त जिज्ञासु हुन्छ जसले मलाई तत्त्वद्वारा जान्न चाहन्छ अनि चौथो भक्त मलाई सबैभन्दा प्यारो लाग्छ जो ज्ञानी हुन्छ। भगवान कृष्ण भन्नुहुन्छ आत्मज्ञानी भक्त र ममा केहि अन्तर छैन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast