बिहिवार, असोज २, २०७६
    विज्ञान/प्रविधि

    सुरक्षाको कारण देखाउँदै गुगलले प्लेस्टोरबाट हटायो ८५ वटा एप्स

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ६ भदौ ।

    गुगलले आफ्नो प्लेस्टोरबाट ८५ वटा एप्स हटाइ दिएको छ ।

    ट्रेड माइक्रोमा सुरक्षामा अनुसन्धान कर्ताहरुले हटाइएका ती एप्सहरुभित्र विशेष प्रकारको दु:खदायी एडवेय लुकाएर राखिएको भन्दै गुगलले प्लेस्टोरबाट हटाइ दिएको हो ।

    ट्रेड माइक्रोमा मोबाइल थ्रेट रेस्पोन्स इन्जिनियर इकोल्‍यूलर जू ले एउटा ब्लग पोस्टमा लेखेका छन्,’ गुगल प्ले स्टोरमा एडवेयरको सम्भावित रियल लाइफ इफेक्टको नमूना भेटिएको छ । यसले पछि प्लेस्टोरलाइ नै हानी गर्न सक्छ । त्‍यसकारण यसलाइ त्यहाँबाट विस्थापित गरिएको हो ।’ ट्रेड माइक्रोले यसलाई एन्ड्रोइड ओएस हाइडेन्डा, एचआरएक्सएचको रुपमा चिन्‍ने गरेको छ ।

    उनलेभन भनेका छन्, ‘ यसले विज्ञापन धेरै देखाउँछ, साथै ग्राहकको व्‍यवहारलाई ट्रिगर्सको माध्‍यमबाट पत्ता लगाएर समय अनुसार धेरै नै तौरतरिकाहरु नियुक्त गर्छ, जसले पछि नोक्सानी र गोप्यता भंग हुन सक्छ । त्यसकारण हामी बन्द गर्न लागेका छौ ।’

    कम्पनीका अनुसार यस प्रकारको प्रभावित गर्ने अधिकांश एप्सहमा फोटोग्राफी तथा गेमिङ एप्सहरु समेत रहेका छन् ।ती एप्सहरु करीब ८ लाखभन्दा धेरै पटक समेत डानलोड भएको थियो ।

    यस्तै प्लेस्टोरबाट हट्‍ने एप्सहरुमा सुपर सेल्फी, काँ क्‍यामेरा, पप क्‍यामेरा तथा वन स्ट्रोक लाइन पजल चर्चित थिए जसलाई माइक्रोले एडवेयरसँग संक्रमति गर्ने टुल्सको रुपमा पहिचान गरेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast