मंगलवार, भाद्र ३१, २०७६
    लाइफस्टाइल

    पेट विकार हटाउन यी ३ तरिका अपनाउनुहोस्

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ६ भदौ 

    आजकाल स्वास्थ्यका लागि भन्दा पनि स्वादका लागि खाना खाने बानी बढ्दो छ । अहिले हाम्रो खानपान शैली एकदमै खराब छ ।  

    हामी धेरैजसो चिल्लो, पिरो, अमिलो, मसलेदार, तारेको, भुटेको, प्याकेटबन्द खानेकुरा खाने गर्छौं । कति खाने र कसरी खाने भन्ने कुरामा हामीलाई खासै हेक्का पनि छैन । भोक लागेको बेला होस् वा आफूलाई मिठो मसिनो लागेको बेला, पेट चर्कने गरी खाइदिन्छौं । खानामा हाम्रो कुनै नियन्त्रण छैन । बस् मिठो भएपछि पेट अटसमटस हुने गरी खाइदिन्छौं ।

    अहिले बजारमा थरीथरीका तयारी खानेकुरा उपलब्ध छ । महिनौंअघि तयार गरिएका यस्ता खाद्यपदार्थ पनि हामी छिटो र छरितोका लागि खाने गर्छौं । त्यसैगरी सडकमा बेच्न राखिएका वा रेष्टुरेन्टका खानेकुराले पनि हामीलाई लोभ्याएको छ । हामी खानेकुरा खाएरै रमाइलो गर्ने गछौर््रं र यस क्रममा जतिपनि, जस्तो पनि खानेकुरा खाइरहेका हुन्छौं ।

    हाम्रो शरीरलाई कति खानेकुरा आवश्यक छ, ती खानेकुरामा के कस्तो पोषक तत्व छ भन्ने कुरा हामीलाई ख्याल हुँदैन । हामी जिब्रोमा स्वाद लाग्ने खानेकुरा पाए जति खाइदिन्छौं । यसरी खराब खानपानको कारण हाम्रो पेट र आन्द्रा डस्टबिन जस्तै भएको छ । यहीकारण हामी धेरैजसो पेटका रोगी छौं । कसैलाई अपचको समस्या छ भने कसैलाई पेट फुल्ने, कसैलाई एसिडिटीको समस्या छ । धेरैजना त ग्याष्ट्रिकबाट पीडित छौं । यस्ता थुपै्र समस्याको कारण पेट फोहोर हुनु पनि हो ।

    अहिले धेरैजसोले पेट र आन्द्रासँग सम्बन्धित समस्यासँग जुध्नु परिरहेको छ । पेटमा ग्यास, कब्जियत जस्ता समस्या त आम हुँदै गएको छ । पेटमा भएको सानोतिनो समस्याले पूरा शरीरलाई प्रभावित बनाइदिन्छ । यस्तो अवस्थामा कसरी पेटलाई प्राकृतिक रुपमा सफा बनाउने त ? आउनुहोस् चर्चा गरौं ।

     

    पर्याप्त पानी पिउने

    बिहान उठ्नासाथ मनतातो पानी पिउने गरौं । दिनभरमा पनि पर्याप्त पानी सेवन गर्नुपर्छ । कम्तीमा ८ देखि १० गिलास पानी दिनहुँ पिउनुपर्छ । यसले गर्दा पेटको विकार पखालिन्छ ।

     

    मनतातो पानीमा महको प्रयोग 

    यदि तपाईं ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहान उठेपछि मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले पनि तपाईंको पेट र आन्द्रालाई शुद्धीकरण गर्छ । मह र पानी पिउँदा आन्द्राको विषाक्त पदार्थ बाहिर निस्कन्छ र मेटाबोलिज्म बढ्छ ।

     

    स्याउको रसमा कागतीको रस

    यदि तपाईं पेट र आन्द्रालाई सधैं सफा राख्न चाहनुहुन्छ, पेटको विकार हटाउन चाहनुहुन्छ भने स्याउको रस उपयोगी हुन्छ । स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने गर्नुपर्छ । यसले तपाईंको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

     

    फाइबरयुक्त खानेकुरा

    पेटको विकार हटाउनका लागि उल्लेखित पेयले मात्र पनि पुग्दैन । तपाईंको खानपान पनि उत्तिकै राम्रो हुनुपर्छ । खासगरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफूललाई प्राथमिकता दिनुपर्छ ।

     

    शारीरिक सक्रियता

    सुपाच्य खानाको साथसाथै तपाईं शारीरिक रुपले पनि सक्रिय हुन जरुरी छ । 

    त्यसका लागि पेटसम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ वा योग गर्न सक्नुहुन्छ । शारीरिक रुपमा निष्कृय रहँदा पनि पेट तथा आन्द्रामा समस्या देखापर्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast