सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    अब नेपालमा पनि टाटा एच फाइभ, बुकिङ खुल्याे

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, ६ भदाै ।

    नेपाली बजारमा टाटा मोटर्सको प्रिमियम एसयूभीटाटा एच फाइभको बुकिङ खुला भएकाे छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । 

    भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले, ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १ सय २० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ ।

    क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

    आकर्षक रहेको एच फाइभमा पुस बटन स्टार्ट–स्टप, सेमी डिजिटल इन्स्ट्र मेन्टकन्सोल, मल्टी फंसनल स्टेरिङ, हाइट अज स्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोललगायत फिचर छन्।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast