सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    आइफा अवार्डका लागि सरकारले बजेट छुट्याएन, नेपालमा नहुने संकेत

    बिहिवार, ५ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ५ भदाै ।

    सरकारले आइफा अवार्डका लागि बजेट छुट्याएकाे छैन । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रालयसँग जोडिएका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले आइफा अवार्डका लागि बजेट नछुट्याएकाे बताएका हुन् ।

    ‘आइफा अवार्ड तत्कालका लागि नेपालमा नहुने टुंगो भइसकेको छ। त्यहीकारण हामीले बजेट विनियोजन गरेका छैनौँ’, खतिवडाले भने, ‘अवार्डको लाभहानीबारे अहिले केही थाहा छैन। सरकारले तत्काल गर्ने सोच पनि बनाएको छैन। यो स्थगित भइसक्यो।’

    अर्थको बारेमा प्रश्न उठाउने यसअघि दक्षिण कोरियाली क्रिश्चियन चर्चले नेपालमा गरेको सम्मेलनबारे सांसद प्रेम सुवालले प्रश्न उठाए।  ‘आइफा अवार्ड नेपालमा हुने नहुने के भयोरु’, सुवालले भने, ‘क्रिश्चियन चर्चको जस्तै आइफा अवार्डका सहभागीलाई पनि सरकारले होली वाइन खुवाउने व्यवस्था गरोस्।’

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast