बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    पत्रकार पुडासैनी मृत्यु प्रकरणबारे बोलिन् रेनु दाहाल (विज्ञप्तिसहित)

    बिहिवार, ५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ५ भदौ 

    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् । 

    सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । 

    महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ ।  

    गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् । 


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast