सोमबार, मंसिर २, २०७६
    प्रेरक प्रसँग

    समाजसेवी श्रेष्ठ दम्पतीलाई अमेरिकामा सम्मान

    बिहिवार, ५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ५ भदौ 
    समाजसेवी शिवबहादुर श्रेष्ठ र उहाँको पत्नीलाई अमेरिकामा सम्मान गरिएको छ । स्थानीय रेड पाण्डा रेष्टुरेन्टमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीलाई गुम्देल ट्रष्ट अमेरिकाले सम्मान गरेको हो । 

     

    ट्रष्टका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष लाक्पा तेन्जी शेर्पाले सम्मान गर्नुभएको सदस्य सोनाम गेल्बु शेर्पाले जानकारी दिनुभयो । गुम्देलको शिक्षा र स्वास्थ्यको क्षेत्रमा श्रेष्ठले अतुलनीय योगदान पुराउनुभएको शेर्पाले बताउनुभयो । शेर्पाले गुम्देलमा स्कुल निर्माण गर्नुभएको छ । अस्पताल पनि निर्माण भएको छ । अस्पताल आगामी तिहारपछि उद्घाटन गर्ने कार्यक्रम छ । 
     

    सम्मानबाट आफुलाई समाजसेवामा लाग्न थप हौसला मिलेको श्रेष्ठले बताउनुभयो । आफु निरन्तर समाजसेवामा लाग्ने प्रतिवद्धता उहाँको छ । 


     

    सम्मान कार्यक्रममा स्वास्थ्य चौकीलाई कसरी राम्रोसँग संचालन गर्ने र गुम्देलबासीलाई सुविधा उपलब्ध गराउने भन्ने विषयमा छलफल समेत भएको थियो । गुम्देलको पर्यटन विकासका विषयमा समेत छलफल भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast