सोमबार, कार्तिक ४, २०७६
    अध्यात्म चर्चा

    स्वामी प्रपन्नाचार्यको चौँथो स्मृति दिवस मनाइयो

    बुधबार, ४ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)
    काठमाडौँ, ४ भदौ 
     
    वैदिक दर्शनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका डा स्वामी प्रपन्नाचार्यको चौँथो स्मृति दिवस मनाइएको छ । 
     
    पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको डा स्वामी प्रपन्नाचार्यको समाधीस्थलमा आज उहाँका उत्तराधिकारी वासुदेव प्रपन्न, ज्योतिषी ओजराज उपाध्याय लोहनी, शरण राई, उहाँका शिष्य हरिप्रसाद सोडारी लगायतले प्रपन्नाचार्यले वैदिक क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्नुभयो ।  
     
    स्वामी समन्वयवादी धर्म गुरु, इतिहास, धर्म, संस्कृति, साहित्यका अध्येताका साथै राष्ट्रवादी सन्त हुनुभएको उहाँहरुको भनाइ थियो । ‘वेदमा के छ ?’ निकालेर उहाँ यो युगको महर्षी बन्नुभएको वक्ताको विचार थियो ।
     
    उहाँले लेख्नुभएको ‘वेदमा के छ ?’ लगायत इतिहास, न्याय, साहित्य, दर्शन, कविता विधाका कृति छन् । पशुपति मृगस्थलीस्थित उहाँको समाधिस्थलमा वैदिक मन्त्रोच्चारणपूर्वक पूजा गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । कार्यक्रमको अन्त्यमा साधु, सन्त एवं दीनदुःखीलाई भण्डारा लगाइएको थियो ।
       
    विसं २०७२ भदौ ४ गते स्वामी प्रपन्नाचार्यको पशुपतिस्थित मृगस्थलीमा निधन भएको थियो । उहाँले पु¥याउनुभएको योगदान समेटिएको विभिन्न विद्वान्का लेख सङ्ग्रह गरिएको स्मृति ग्रन्थ उहाँको दोस्रो स्मृति दिवसका अवसरमा सार्वजनिक गरिएको थियो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast