सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    वरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको मृत्यु

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ४ भदाै ।

    नेपाली चलचित्र क्षेत्रका वरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित निर्देशक राना मगरको ५४ वर्षकाे उमेरमा निधन भएकाे हाे । 

    ५४ वर्षीय रानाको बुधबार निधन भएको परिवारले जनाएको छ । लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेका निर्देशक रानाले सीमारेखा, करोडपति, राँको, कान्छी, बन्धकी, एक नम्बरको पाखे लगायत कैयन् फिल्ममा निर्देशन गरेका छन् । परिवारका अनुसार उनलाई आजै उनलाई पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

    लामो समयदेखि मृगौला रोगबाट पीडित रानाले ६ वर्षदेखि डाइलासिस गराउँदै आएका थिए । पुर्ख्यौली घर गुल्मी भएका रानाको जन्म सुनसरीमा भएको थियो । आर्थिक अभावका कारण रानाको मृगौला प्रत्यारोपण गर्न नसकिएको परिवारले जनाएको छ ।

    ‘राँको’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका रानाले एक दशकभन्दा बढी बलिउड फिल्म क्षेत्रमा बिताएका थिए । उनले एक भोजपुरी चलचित्रमा समेत काम गरेका थिए । रानालाई फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast