सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    नेपालमा भाेलि सार्वजनिक हुँदै हुण्डईकाे भेन्यु कार, कति पर्छ मूल्य ?

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, ४ भदाै ।

    भारतीय बजारमा छोटो समयमै सर्वाधिक चर्चा बटुलेको हुन्डाईको नयाँ भेन्यु कार नेपालमा सार्वजनिक हुने भएकाे छ । नेपाली बजारमा हुन्डाईको नयाँ भेन्यु कार बिहिबार सार्वजनिक  हुन लागेकाे हाे । 

    उक्त कार नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले बजारमा सार्वजनिक गर्न लागेको हो।

    भारतमा गत मे २१ मा सार्वजनिक गरिएको यो कार छोटो अवधिमै ४५ हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ। भारतीय बजारमा जुन महिनाभित्रै ८ हजार ७ सयभन्दा धेरै बिक्री भएको यो कारको नेपालमा सुरुवाती मूल्य ३८ लाख पर्ने कम्पनी स्रोतले जनाएको छ।

    यद्यपि यसको भेरिएन्ट र मूल्यबारे भोलि नै लक्ष्मी इन्टरकन्टिनेन्टलले खुलाउनेछ। भारतमा ५५ प्रतिशत ग्राहकले ब्लुलिंक भएको भेरिएन्टलाई बुकिङ गरेका छन्। १।४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क क्षमता रहेको छ।

    १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क  क्षमता रहेको छ । यसमा ५ स्पीड मेनुअल र १.० लिटर ३ सिलिन्टर टर्बो चार्ज हुने पेट्रोल इन्जिन सुविधा रहेको छ। यसमा १२० एचपी पावर र १७२ एनएम टर्क ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast